गगन थापाको प्रतिवेदनमा सहमति खोज्न काँग्रेस पदाधिकारी बैठक जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाको प्रतिवेदनमा सहमति खोज्न काँग्रेस पदाधिकारी बैठक जारी


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा महामन्त्रीको प्रतिवेदनमा सहमति जुटाउने प्रयास जारी छ।

महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेतासँग छलफल गरिरहेका छन्। सोमबारदेखि गोदावरीमा सुरु भएको पार्टीको महासमिति बैठकमा प्रतिवेदन पेश गर्नुअघि देउवाले शीर्ष नेताबीचको बैठक राखेका हुन्।

बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा जारी रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
प्रतिवेदनका विषयमा छलफल गर्न बैठक डाकिएको विश्वकर्माले जानकारी गराए।

चुनावी गठबन्धन गर्न नहुने गरी महामन्त्री थापाले सांगठनिक प्रतिवेदन तयार गरेपछि त्यसको विरोधमा संस्थापन पक्ष देखिएको छ। गठबन्धन गर्ने–नगर्ने तत्कालीन अवस्थामा निर्भर हुने भन्दै महामन्त्री थापाले प्रतिवेदनमा समावेश गरेको उक्त प्रसंग हटाउनुपर्ने संस्थापन पक्षको माग छ।

महामन्त्री चुनाव अघिको गठबन्धन नगर्ने संकल्प प्रस्ताव बैठकबाट पारित गर्ने गरी प्रतिवेदन तयार गरेका छन्। सोमबार दिउँसो सभापति देउवाले महासमिति बैठकमा सम्बोधन गर्ने क्रममा चुनावी गठबन्धन तत्कालीन आवश्यकताको आधारमा गर्ने प्रस्ताव गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस