एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका छ एजेण्डा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका छ एजेण्डा


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको छ ।

तीन दिन चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गर्ने, सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालन र जनदबाबबारे र समसामयिक प्रस्तावबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरू र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ उठाउने प्रस्तावमाथि पनि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस