वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस