जितगढी किल्ला प्रवेश गर्न अब शुल्क तिर्नुपर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जितगढी किल्ला प्रवेश गर्न अब शुल्क तिर्नुपर्ने


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो ।

गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ । जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार जितगढी अवलोकनको लागि प्रवेश शुल्क लाग्ने भएको हो ।

कार्यविधिअनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । विद्यार्थीको लागि १० रूपैयाँमात्र शुल्क कायम गरिएको छ । विदेशी पर्यटकको लागि भने १ सय रुपैयाँको टिकट काट्नुपर्ने छ । चलचित्रको सुटिङ र म्युजिक भिडिओको लागि १ हजार रुपैयाँ लाग्नेछ ।

सय जनाभन्दा बढीको उपस्थितिमा फिल्म सुटिङको लागि भने २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस