गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा निर्भर : देउवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा निर्भर : देउवा


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने स्पष्ट पारेका छन् ।

महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।

काँग्रेस महामन्त्री गगन थापाको प्रतिवेदनमा गठबन्धन गर्न नहुने निर्णय महासमिति बैठकबाट लिनुपर्ने उल्लेख रहेको भनिएका बेला सभापति देउवाले सुरुमै गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिले निर्णय गर्न नहुने बताएका हुन् ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा देउवाले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’

वर्तमान सत्ता गठबन्धन २०७९ को निर्वाचन पहिले चुनावका लागि मात्रै नबनेको देउवाको भनाइ थियो । उनले २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अन्य पार्टीहरू मिलेर गठबन्धन बनाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस