विभागद्वारा विद्युत् उत्पादकसँग विवरण माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विभागद्वारा विद्युत् उत्पादकसँग विवरण माग


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डीकृत तथ्यांक माग गरेको छ ।

विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाएको छ ।

विभागले ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन समेत भनेको छ । विभागले अहिलेसम्म तिरेको रोयल्टीको विवरण र २०८०/८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन भनेको छ ।

विभागले भौतिक संरचनातर्फ जलाशयले छोएका वडा, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन, नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस र अन्य संरचना रहेको वडासमेत स्पष्ट खुलाई पठाउन भनेको छ । ‘रन अफ द रिभर’ का हकमा समेत सोही विवरण मागिएको छ ।

आयोजनाका कारण सुक्खा क्षेत्र सिर्जना हुन गएका स्थानको विवरण समेत मागिएको छ । यसबाहेक उपल्लो तटीय क्षेत्रसहित वरपरका वडाको विवरण बुझाउनुपर्ने भएको छ ।

विभागले आयोजनासँग सम्बन्धित नक्सा, जीआइएस सेप फाइल र गुगल म्यापमा खुल्ने गरी पठाउन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस