प्रदेश निजामती सेवा नियमावली पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश निजामती सेवा नियमावली पारित


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनमा समस्या आएको भन्दै प्रदेश निजामती सेवा नियमावली पारित गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयबाट निजामती विधेयक प्रमाणीकरण भएको साढे दुई महिनापछि निजामती सेवा नियमावली २०८० पारित गरेको हो। विधेयक प्रमाणीकरण भएर बसे पनि नियमावली नहुँदा कार्यान्वयनमा जान सकेको थिएन । आइतबार बसेको सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ पारित गरेको हो ।

प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भइसकेको छ । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानून बनाउन सक्ने व्यवस्थाअनुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको छ । 

यो सरकार बनेलगत्तै प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोही आधारमा सरकारले नियमावली ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस