सुप्रिम सहकारीका पीडितसँग प्रहरीले माग्यो निवेदन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुप्रिम सहकारीका पीडितसँग प्रहरीले माग्यो निवेदन


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरूलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।

सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेपछि इलाका प्रहरी कार्यालय बुटवलले आइतबार सूचना जारी गर्दै सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।

कहिलेसम्म उजुरी दिन सकिने भन्ने प्रहरीको सूचनामा खुलाइएको छैन । उजुरी दिनेबारे जानकारी लिन ९८५७०९०१२१ मा सम्पर्क गर्न प्रहरीले भनेको छ ।

दुई दिनअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबहादुर (जीबी) राईले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस