शहीद परिवारसँगै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि टेलिकमले ल्यायो नयाँ अफर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शहीद परिवारसँगै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि टेलिकमले ल्यायो नयाँ अफर


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहीदहरूको सम्मानार्थ तिनका परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ ।

आइतबारदेखि फागुन १२ सम्म उपलब्ध हुने अफर साविक बमोजिमको ‘फ्रि रिसोर्स’ अर्थात् १ जीवी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइनेछ ।

एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको ‘एयर्ली वान टाइम’ प्याकेज र कम्बो एयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीवी, १३ जीवी, २० जीवी र ३० जीवी डाटा प्याकेज तथा ३० जीवी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस