२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र लयमा फर्काउने चुनौती छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको दाबी गरेका छन् ।

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री दाहालले मुलुक आर्थिक संकटमा भएको चिन्ताबाट बाहिर आए पनि उत्पादन रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पुनः लयमा फर्काउनेतर्फ चुनौती कायम रहेको बताएका हुन् ।

उनले अब सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित रहेको बताए । ‘अहिले अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक छन् । तर, ती सकारात्मक रहँदा रहँदै अर्थतन्त्रको समग्र क्षेत्र समस्यामुक्त भएको छैन,’ उनले भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन भन्ने मूल्यांकन गरेको छौँ । एक वर्ष अगाडि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो । विदेशी मुद्रा सञ्चिति न्यूनतम बिन्दुमा घटेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव थियो । ब्याजदर धान्न नसक्ने तहमा पुगेको र मूल्यवृद्धि पनि उच्च थियो ।’

गत आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा मूल्यवृद्धि र ब्याजदरको दबाब भए पनि प्रधानमन्त्री दाहालले भनेजस्तो शोधनान्तर घाटा नभई बचतमा थियो भने विदेशी विनियम सञ्चिति पनि सुधारोन्मुख अवस्थामा गइसकेको थियो ।

अघिल्लो आव २०७८/७९ मा शोधनान्तर घाटा बढ्दो विदेशी विनिमय सञ्चिततिमा दबाब भए पनि गत आवमा भने त्यस्तो अवस्था थिएन ।

दाहालले यसबीच हरेक मन्त्रालयसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका लागि दिनहुँजसो समाधानमुखी छलफल गरिरहेको दाबी गरे ।

उनले मन्त्रालयसँग सम्बन्धित भएर मात्रै नभई राजनीतिक दल र नेता, निजी क्षेत्रका प्रतिनिधि तथा विज्ञहरू सँगै राखेर नेपालको अर्थतन्त्र सुधार गर्न के गर्न सकिन्छ भनेर पटक-पटक छलफल गरेको बताए ।

यस्ता छलफलले महत्त्वपूर्ण निष्कर्ष दिएको र त्यसलाई सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको उनले बताए । ‘छलफलका निष्कर्ष र कार्यान्वयनका लागि दिएको निर्देशनले केही सकारात्मक लय समातेको छ । यसको सकारात्मक प्रभाव अंकमा नै संसदमा सुनाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भने।