नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग खेल्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग खेल्दै 


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाल क्रिकेट टिम ‘ए’ ले आज पहिलो एकदिवसियमा क्यानडा-११ सँग खेल्दै छ। खेल नेपाली समय अनुसार विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ। 

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।  नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन्। प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन्। नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो। 

यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन्।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्।  नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ।  दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस