नेदरल्याण्ड्सले गुमायो सातौंं विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेदरल्याण्ड्सले गुमायो सातौंं विकेट


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।

कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिई क्लिन बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्डसले १०१ रन मात्र बनाएको छ ।

यसअघि २६.३ ‌ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए । 

यसअघि ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरे । त्यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस