क्रिकेट रंगशाला निर्माण टेण्डर आह्वानको खबर सुनाउन चाहन्छु : रेनु दाहाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रिकेट रंगशाला निर्माण टेण्डर आह्वानको खबर सुनाउन चाहन्छु : रेनु दाहाल


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अबको १० दिनभित्रमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान हुने बताएकी छन् ।

भरतपुर महानगरपालिका-१५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज सुरु भएको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको उद्घाटन गर्दै मेयर दाहालले अन्तिर्राष्ट्रियस्तरको क्रिकेट मैदानसँगै १५ हजार दर्शक क्षमताको प्याराफिट बन्ने गरी टेण्डर आह्वान गर्ने बताइन् ।

‘देशमा रहेको चरम आर्थिक संकटलाई मध्यनजर गर्दै यस रंगशाला निर्माणको कार्य दुई चरणमा सकाउने निर्णय गरेका छौँ । पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्याराफिट बन्ने र त्यसपछि अन्य पूर्वाधार बन्ने गरी अबको १० दिनभित्र टेण्डर आह्वानको सुखद खबर सुनाउन चाहन्छु’, उनले भनिन् ।

सन् २०२७ मा नेपालमा आयोजना हुने अन्डर १९ विश्वकपका खेलहरू सोही रंगशालामा खेलाउने गरी निर्माण प्रक्रिया अघि बढ्ने मेयर दाहाल सुनाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस