गृह मन्त्रालयद्वारा प्रहरी कर्मचारी समायोजन समिति गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृह मन्त्रालयद्वारा प्रहरी कर्मचारी समायोजन समिति गठन


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ। शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् । 

प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको उनले बताएका बताएका छन्। मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। 

समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह-संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्यीय समिति गठन गरेको हो। 

उक्त समितिमा रहेका व्यक्तिहरूको नाम गृहले सार्वजनिक गरेको छैन। 

‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस