सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् ।

विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन आवश्यक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस