चुनावी गठबन्धन नगरौँ बरु संविधान संशोधन गरौँ : डा. शेखर कोइराला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चुनावी गठबन्धन नगरौँ बरु संविधान संशोधन गरौँ : डा. शेखर कोइराला


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि चुनावमा पार्टीले गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्। 

फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका लागि केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना धारणा राख्दै कोइरालाले काँग्रेसलाई चुनावी गठबन्धनबाट फाइदा नभएको जिकिर गरेका हुन्।

उनले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलको बहुमत नआउने सरकार सञ्चालनका लागि बहुमत चाहिने अवस्थामा संविधान नै संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली काँग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन, कोइरालाले केन्द्रीय समिति बैठक पेश गरेको प्रस्तावमा अगाडि भनिएको छ, ‘अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन। तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली काँग्रेसले पहल गर्ने।’

Tags :
प्रतिक्रिया दिनुहोस