ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार


दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एक जना महिलाको मृत्यु भएको छ । 

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी-१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्रयाक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस