२४ खर्ब नजिक पुग्यो सार्वजनिक ऋण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

२४ खर्ब नजिक पुग्यो सार्वजनिक ऋण


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को सात महिना (साउन-माघ) सम्म सरकारले २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।

योसँगै कुल सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड पुगेको छ । कार्यालयका अनुसार अहिले आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र वाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड पुगेको छ । यसरी कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब नजिक पुगेको हो ।

२०८० असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो । चालु आवको सात महिनामा सार्वजनिक ऋण ९१ अर्ब ३४ करोडले बढेको छ ।

यसबीच सरकारले ९० अर्ब ९७ करोड आन्तरिक र २० अर्ब १२ करोड वाह्य गरी कुल १ खर्ब ११ अर्ब १० करोड बराबर साँवा भुक्तानी गरेको छ ।

सोहीकारण २ खर्ब नयाँ ऋण लिँदा पनि ऋणको वृद्धि भने ९१ अर्ब रुपैयाँ मात्र भएको हो । सात महिनामा सरकारले १ खर्ब ५० अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यसबीच ५२ अर्ब १२ करोड वाह्य ऋण उठाएको कार्यालयको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस