त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने 


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ ।

त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरूको अन्तर्वार्ता आइतबार हुने जनाएको छ ।

समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा अन्तर्वार्ता हुने छ ।

दिउँसो १ बजेदेखि नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।

प्रस्तुतिकरणको र अन्तर्वार्ताको मूल्यांकनको आधारमा समितिले बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस