शाखा प्रमुखहरूसँग आकस्मिक छलफल गर्दै मन्त्री किरातीद्वारा ‘एक्सन प्लान’ माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शाखा प्रमुखहरूसँग आकस्मिक छलफल गर्दै मन्त्री किरातीद्वारा ‘एक्सन प्लान’ माग


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरूसँग ‘एक्सन प्लान’ माग गरेका छन् ।

पर्यटन मन्त्री किराँतीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन भित्र ‘एक्सन प्लान’ दिन भनेका हुन् । उनले कर्मचारीलाई आफ्नो कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ भनी प्रश्न गरेका छन् । मन्त्री किराँतीले शाखा प्रमुखबाट ब्रिफिङ समेत लिएका छन् ।

उनले मन्त्रालयको कार्यनतिजा फितलो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । मन्त्री किराँतीले शाखा प्रमुखहरूलाई सोधे, ‘तपाईँहरूले गरेको काम र परिणामबाट तपाईँहरू खुसी हुनुहुन्छ ?’

म भने आफ्नो कामबाट खुसी नरहेको उनले बताए । ‘म नयाँ मन्त्री थिएँ, त्यो बेला यो एक वर्षको अनुभव जस्तो अनुभव मलाई थिएन । मैले कर्मचारी प्रति कुनै आग्रह पूर्वाग्रह राखिन,’ उनले भने, ‘त्यसैले सरुवा पनि मैले गरिन, किनकि मलाई व्यक्ती होइन परिणाम चाहिएको थियो ।’

सोहीकारण आफूले नीति दिएको र कार्यक्रम कर्मचारीले नै बनाएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस