नामिबियाविरुद्ध नेपालले गुमायो आठौँ विकेट, २१ रन बनाएर गुल्शन झा आउट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नामिबियाविरुद्ध नेपालले गुमायो आठौँ विकेट, २१ रन बनाएर गुल्शन झा आउट


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपालको आठौँ विकेट गुमेको छ। २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्।

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ‍ कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए। यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए। 

सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए। 

‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो। नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ। तीन वर्ष चल्ने लिग २ मा  ८ टोलीले ९–९ शृंखलामा ३६ खेल खेल्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस