नामिबियाविरुद्ध नेपालले गुमायो सातौँ विकेट, ४४ रन बनाएर भीम सार्की आउट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नामिबियाविरुद्ध नेपालले गुमायो सातौँ विकेट, ४४ रन बनाएर भीम सार्की आउट


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् ।

पाँचौँ नम्बरमा व्याटिङमा आएका सार्की सातौँ विकेटका रुपमा २७.४ ओभरमा आउट भएका हुन् । अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसजले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए । एकातिरबाट लगातार विकेट गइरहे पनि एकातिरबाट नेपाली इनिङ सम्हालेका भीमले ८६ बलमा २ चौका र १ छक्का हाने ।

यसअअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए । जेरार्ड एरास्मसको बललाईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए ।

यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् । कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैँ अफ स्पिन बलिङ लिएर आएका थिए । उनको यो रणनीति सफल भएको छ र उनी कुशल र सोमपालको विकेट लिन सफल भएका छन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए । ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस