सुनको मूल्य स्थिर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य स्थिर


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस