प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वविद्यालयको मामिलामा झुटाे बोले : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वविद्यालयको मामिलामा झुटाे बोले : ओली


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभई योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुटो बोलेको आरोप लगाएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलीय भागबन्डा नगरी योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्ने बताए पनि अहिले आएर योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइएको उनको आरोप छ ।  

‘प्रधानमन्त्रीले अस्ति २-४ पटक नै खोक्नुभयो, गजब खोक्नुभयो, कुराले खोकेको हो त्यो । अब विश्वविद्यालयमा मेरीटोक्रेसी लगाइन्छ दलीय आधारमा हुँदैन भनेर अहिले जुन सर्टलिस्ट उहाँहरूले बनाउनुभएको छ, योग्य जतिलाई छाँट्नुभएको छ,’ उनले भने, ‘गठबन्धनका आसेपासेहरू वरपर बस्नेहरु अयोग्य साबित भइसकेकाहरु, पछि पनि योग्य हुन नसक्नेहरु ठाडै राजनीतिक दलको सेवा गरेर कुट्नेहरु त्यस्तोलाई सर्टिङ गरेर उहाँको मेरीटोक्रेसी पहिले नै देखियो । गठबन्धनका लागि अपवित्र काम गरिसकेकाहरु हुनुपर्ने भन्ने देखियो । चारतिर खोक्दै हिड्नुभएको थियो उहाँ मेरीटोक्रेसीको नाम लिएर ।’

त्रिवि उपकुलपति छनोट हाल प्रक्रियामा छ । सिफारिस समितिले १४ जनाको सूची तयार गरेको  छ, जसमध्ये ३ जनाको नाम नियुक्तिको सिफारिसमा पर्ने छ । उक्त सूचीप्रति ओलीले विमति जनाए । दलीय भागबन्डा नगर्ने भन्दै आफूले गरेको प्रतिबद्धताविपरीत प्रधानमन्त्री दाहालको योजना देखिएको उनले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस