राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ९ गते सरकारलाई मागपत्र बुझाउने भएको छ । 

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहसहित जनजीविकाका माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने निर्णय गरेको हो ।

बैठकले फागुन ९ गते काठमाडौँमा प्रदर्शनसमेत गर्ने छ । सोही दिन देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस