जनयुद्ध दिवस मनाउन बागमतीले दिएको बिदा अदालतद्वारा खारेज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनयुद्ध दिवस मनाउन बागमतीले दिएको बिदा अदालतद्वारा खारेज


२९ माघ २०८०, सोमबार


काठमाडौँ । बागमती गाउँपालिकाले फागुन १ गतेका दिन ‘जनयुद्ध दिवस’ मनाउन दिएको सार्वजनिक बिदा खारेज भएको छ ।

उच्च अदालत हेटौँडा पाटन इजलासले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हो । न्यायाधीश यमुना भट्टराईको इजलासले गाउँपालिकाको निर्णय खारेज गरेको हो । सर्वोच्चको फैसलाविरुद्ध पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको नाउँमा बिदा दिएपछि निरज मैनालीले दर्ता गराएका थिए ।

गत माघ १४ गते बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस