१५० विश्वविद्यालयका उपकुलपतिको भेला काठमाडौँमा हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१५० विश्वविद्यालयका उपकुलपतिको भेला काठमाडौँमा हुने


२९ माघ २०८०, सोमबार


काठमाडौँ । विश्वविद्यालयका उपकुलपति काठमाडौँमा भेला हुने भएका छन्। विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका हुन्।

काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३-५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् ।

उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो। भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधान सभाको आयोजना गर्न लागिएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयले विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषय रहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस