मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसकेको, चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरू परिमार्जन हुन सक्ने आँकलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस