नेपाल-क्यानडा एकदिवसीय शृङ्खलाको अन्तिम खेल आज  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल-क्यानडा एकदिवसीय शृङ्खलाको अन्तिम खेल आज 


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल-क्यानडा एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । 

शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्‍यो । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । 

दोस्रो खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरूले राम्रो प्रदर्शन गरे । दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ । यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए । तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र व्याटिङमा देखिएको धैर्यताका कारण  दाशानायकेले फाइदा उठाउन सकेका छैनन् । 

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ। पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलील यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। 

उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृङ्खला सकिए लगत्तै यी तीन टोलीबीच टी-२० शृङ्खला हुनेछ।  यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस