दुई पत्रकारलाई सात दिन थुनामा राख्न अदालतको अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई पत्रकारलाई सात दिन थुनामा राख्न अदालतको अनुमति


२८ माघ २०८०, आइतबार


काठमाडौँ। कञ्चनपुरमा दुई पत्रकारलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । 

विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको स्रोतले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराध (साइबर क्राइम)को मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो ।

प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेसागत संगठनले विरोध जनाएका थिए ।

उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए तर कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभाबी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस