वर्षका उत्कृष्ट युवा खेलाडी क्रिकेटर देव खनाललाई प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वर्षका उत्कृष्ट युवा खेलाडी क्रिकेटर देव खनाललाई प्रदान


२८ माघ २०८०, आइतबार


काठमाडौँ । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औँ एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेट छनोट गराउन उनले टिमको नेतृत्व गरेका थिए ।

देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । विश्वकप छनोटमा उनले ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाएका थिए । कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा उनले ५१ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई उनी घरेलु क्रिकेटमा पनि गत वर्ष सफल रहे ।  उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू-१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस