लागू औषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लागू औषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ


२७ माघ २०८०, शनिबार


पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित नौ जनालाई पक्राउ गरेको छ । उनीहरू कैलाली, झापा मोरङ र पर्साबाट पक्राउ परेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय राज चौधरी समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । 

त्यस्तै झापाको मेचिनगर नगरपालिका-६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय संजय तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प १०११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही महानगरपालिका-४ बस्ने २० वर्षीय दीपक मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङकै विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा गाउँ बस्ने २० वर्षीय पुलेमन मुखियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मिलिग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मिलिग्राम, सेतो पदार्थ १ ग्राम ९४ मिलिग्राम, डिजिटल तराजु १ थान र २९ हजार ७० भारतीय रूपैयाँसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

पर्साकै वीरगन्ज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्रामसहित वीरगन्ज महानगरपालिका-२१ परवानीपुर बस्ने ३० वर्षीया फुलसन खातुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ८९६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस