७६ रन बनाएर आउट भए देव खनाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

७६ रन बनाएर आउट भए देव खनाल


२७ माघ २०८०, शनिबार


काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले ७६ रन बनाएर आउट भएका छन्। उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए। देव आउट भएपछि रोहितलाई क्रिजमा साथ दिन भीम सार्की आएका छन्।

२८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस