क्यानडाविरुद्ध देव खनाल र रोहित पौडेलको अर्धशतक  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

क्यानडाविरुद्ध देव खनाल र रोहित पौडेलको अर्धशतक 


२७ माघ २०८०, शनिबार


काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उत्कृष्ट साझेदारी गर्दै पौडेल र खनालले अर्धशतक प्रहार गरेका हुन्। खनालले ५७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। खनाल १९ वर्ष मुनिको टिमका कप्तान हुन्।

त्यसलगत्तै रोहितले ६७ बलमा अर्धशतक पूरा गरेका छन्। उनले ४ चौका र ३ छक्का प्रहार गरे। यसअघि नेपालका अनिलकुमार साहले १९ बलमा अर्धशतक प्रहार गरेका थिए। क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको हो। तीन खेलको श्रृंखलामा पहिलो खेल जितेको नेपालले आजको खेल जिते एक खेल अघि नै श्रृंखला जित्नेछ।  

Tags :
प्रतिक्रिया दिनुहोस