२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : रेखा शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन् ।  नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।

“हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो  हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्या बनेको छ”, मन्त्री शर्माले भनिन्, “सरकारी क्षेत्र–क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायत धेरै समस्या देखिएका छन् ।”

परिवर्तित राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।”

नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रुपमा कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यी चारै क्षेत्रमा व्यक्तिगत वा सामूहिक लगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चित गर्ने र त्यसबाट आउने प्रतिफलको हिस्सेदार आम जनतालाई बनाउने गरी राष्ट्रिय पूँजीको विकासमा ध्यान दिन उद्योग ब्यापारीहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस