चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल


२७ माघ २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । 

अध्यक्ष नेपालले सोनाम ल्होसारका अवसरमा आज शुभकामना दिँदै विभिन्न जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी मुलुकमा एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने उनले विश्वास व्यक्त गरे । मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने अध्यक्ष नेपालले उल्लेख गरेका छन् । 

समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता चाडपर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भएकाले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस