राष्ट्रिय सभाको अध्यक्षलाई लिएर गठबन्धन तलमाथि हुँदैन : माओवादी केन्द्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको अध्यक्षलाई लिएर गठबन्धन तलमाथि हुँदैन : माओवादी केन्द्र


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका केही नेताहरुले बोलेपनि गठबन्धनमा कुनै समस्या नभएको बताए ।  उनले यो गठबन्धन पाँचैवर्ष जाने दाबी गरे ।

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीसहित काँग्रेस र नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्दै आइरहेको छ ।

उनले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जानुपर्ने बताए ।

उनले भने, ‘हामीले समग्र वामपन्थी एकताको लागि पहल गर्ने, समाजवादी मोर्चाले पनि त्यसको वातावरण बनाइरहेको छ । कम्युनिष्टि पार्टीको पुनर्गठनको लागि चौतर्फी पहल गर्नुपर्छ त्यो आवश्यक र सम्भव पनि छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस