सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा आवेदन आह्वान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा आवेदन आह्वान 


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । त्यसैले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एकै दिन सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।

दुवै विश्वविद्यालयको भीसीका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ । आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस