नेपाल प्रहरीमा जागिर खुल्यो(सूचनासहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीमा जागिर खुल्यो(सूचनासहित)


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ ।

  प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय भन्दा बढीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

हेर्नुुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस