राक्सिराङले ल्होछारमा पनि दियो तीन दिन बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राक्सिराङले ल्होछारमा पनि दियो तीन दिन बिदा


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मनुश्री सम्वत २८६० डुक/मु ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस