अध्यागमन विभागमा भोलिदेखि ई-भिसा लागू हुँदै, उपप्रधानमन्त्री श्रेष्ठले उद्घाटन गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अध्यागमन विभागमा भोलिदेखि ई-भिसा लागू हुँदै, उपप्रधानमन्त्री श्रेष्ठले उद्घाटन गर्ने


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । अध्यागमन विभागमा शुक्रबार (भोलि)देखि ई-भिसा लागू हुने भएको छ ।

अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका निर्देशक तथा सूचना अधिकारी प्रेम प्रसाद दहालले बताए ।

निर्देशक दहालका अनुसार अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।

उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास विभागले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस