माधव नेपालले अर्को पटक चुनाव नजित्ने ओलीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माधव नेपालले अर्को पटक चुनाव नजित्ने ओलीको दाबी


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने बताएका छन् । बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चुनाव नजित्ने ओलीको दाबी छ । नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरूको सरकार बनाउँदै पछि–पछि हिँडेको समेत बताए । 

अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस