२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते

अ+ अ-

काठमाडौँ । सरकारले आउने वैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए ।

तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन वैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र त्यसका लागि आवश्यक लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित उपसमितिलाई तयारीलाई तीव्रता दिन समेत निर्देशन दिए ।

अर्थमन्त्री महतले भने, ‘मौजुता कानून नीति र संरचनागत सुधारको विषय सन्दर्भमा आवश्यक सुझावलाई समेत मध्यनजर गर्दै परिमार्जनसहित पासगर्ने तथा लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित प्राविधिक उपसमितिलाई निर्देशन गर्ने ।’ यस्तै सम्मेलनलाई लिएर सरकार लचिलो बन्ने अर्थमन्त्री महतले बताए ।

‘लगानीकर्तालाई यो वा त्यो नाममा कन्डिसन नराख्ने बताएका उनले युएईको कर होलिडे जस्तै माहोल नेपालमा बनाउन सक्नुपर्ने भन्दै थपे, ‘त्यस्तै किसिमको माहोल हामीले नेपालमा बनाउन सक्छौँ । अहिले अन्तर्राष्ट्रिय आकर्षण पनि बढेको अवस्थालाई हामीले ग्राब गर्नुपर्छ ।’सम्मेलनलाई लिएर विदेशीलाई मात्र नभई आन्तरिक निजी लगानीकर्तालाई पनि उत्साहित गर्नेगरी आफूहरुले आवश्यक कानून परिमार्जनलाई तीव्रता दिने मन्त्री महतको भनाई छ ।

‘सम्मेलन विदेशी लगानीकर्ताको लागि मात्रै नभएर नेपाली लगानीकर्तालाई पनि हामीले उत्साहित गर्न जरुरी छ । कानूनदेखि लिएर अरुखाले सुधार गरेर अघि बढ्नुपर्ने छ । त्यसै सन्दर्भमा मौज्जुदा नीतिगत कानूनी संरचनागत एवं प्रकृयागत व्यवस्थामा सुधार गर्ने विषयमा यहाँ भएको प्रस्तुति महत्त्वपूर्ण छ । यसमा विषयगत कुरालाई मन्त्रिज्युहरुले थप्न पाएनौ भन्नुभएको छ, सबैले छुटेका र सुधार गर्नुपर्ने कुरा समेटेर यो महिनाभित्र स्पष्ट रुपमा पठाउनुहोस् हामीले त्यसमा छलफल गरेर निष्कर्षमा पुग्छौँ र प्रधानमन्त्रीलाई बुझाउँछौँ’ मन्त्री महतले भने ।

मन्त्रालयले सम्मेलनलाई लिएर आयोजनाहरु छनोट गर्न उपसमिति नै गठन गरेको छ । उपसमितिले छनोट गरेका आयोजनाबारे बैठकमा जानकारी लिएपछि महतले उक्त छानिएको आयोजनाहरुमाथि थप छलफल गरी परिमार्जित गर्ने र समम्मेलनका लागि अन्तिम रुप दिएर लैजाने तयारी सरकारले गरेको महतले जानकारी दिए । लगानी सम्मेलनलाई सफल र उपलब्धीपूर्ण बनाउन सरकार लागेको बताएका उनले सरकारले तयारी गर्न छाति फराकिलो बनाउने बताए । बाह्य लगानीसँगै आन्तरिक लगानीको वातावरण बनाउनेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस