यातायात कार्यालयका प्रमुख सहित १९ जना कर्मचारीले पाए सफाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यातायात कार्यालयका प्रमुख सहित १९ जना कर्मचारीले पाए सफाइ


२४ माघ २०८०, बुधबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख पवन सुवेदीले सफाई पाएका छन् । 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षामा फेल भएकालाई पास गराएको आरोप लागेका सुवेदीसहित १९ जना कर्मचारी र प्रहरीले सफाइ पाएका हुन् ।

विशेष अदालतले बुधबार उनीहरू निर्दोष रहेको ठहर गरेको हो । 

टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले परीक्षाको नतिजा फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लागेका सबै १९ जनाले सफाइ पाउने फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ चैत २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस