चार डलर बढ्यो नेपालमा पर्यटकको दैनिक खर्च  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चार डलर बढ्यो नेपालमा पर्यटकको दैनिक खर्च 


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेपालमा प्रतिपर्यटक प्रतिदिन औसत खर्च झन्डै ४ अमेरिकी डलरले वृद्धि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म एक पर्यटकले प्रतिदिन औसत ४४.५० डलर खर्च गरेको दिएको हो । 

२०७९ पुससम्म प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलरमात्र थियो । यस आधारमा एक वर्षमा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेको देखिएको छ । 

यस अवधिमा पर्यटक आगमन र पर्यटकले नेपालमा गर्ने खर्च दुवै बढेको मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ । पर्यटक आगमन बढ्दा खर्चसमेत बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२३ मा नेपालले १० लाख १४ हजार ८ सय ७१ पर्यटकलाई स्वागत गरेको छ ।

कोभिड महामारीका बेला कम पर्यटक आगमन भएको आर्थिक वर्ष (आव) २०७८-७९ (सन् २०२१) मा प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर थियो ।

त्यसबेला पर्वतारोहण र पदयात्रामा आउने पर्यटक संख्या धेरै हुँदा खर्च र बसाइ अवधि समेत धेरै देखिएको थियो । उक्त वर्ष प्रतिपर्यटक औसत बसाइ १५.५ दिन थियो । पर्यटक आगमन बढ्न थालेपछि भने बसाइ अवधि र खर्च दुवै औसतमा कम देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस