रास्वपाद्वारा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रास्वपाद्वारा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२४ माघ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको भन्दै सचेतक निशा डाँगीले प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमतिपत्र किनबेच गर्ने बिचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस