२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले अझै लय समात्न सकेको छैन : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताएका हुन् ।

उनले भने, ‘संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, साना साना कामहरू गरौँ, त्यसले आम आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्, टुटेको भरोसालाई जागृत गराउँछ, म १२-१३ दिन डुलेर आए अभियानको क्रममा, पहिले पनि हिँडेको थिए अहिले पनि डराएको छैन। तर कता कता मनभित्र चिन्ता लागेको छ एउटा भरोसा गुम्दै गइरहेको छ। मैले घुम्दै गर्दा अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको अवस्था छ। यो डरलाग्दो छ।’

उनले जनतामा गुम्दै गइरहेका विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए । सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरेपनि अझै लय भने समात्न नसकेको उनको भनाई छ ।

उनले थपे त्यसको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले नै हो। सरकार सञ्चालन गर्ने कुरामा सरकारको नेतृत्व गर्नेले सबैलाई सँगै लिएर हिँड्नुपर्छ। प्रधानमन्त्रीको कतिपय कमजोरीलाई स्विकारेर नयाँ गर्ने संकल्प गर्नुभएको छ। प्रयास गर्ने खोजिएको छ तर लय समात्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस