काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरिएको छ ।
माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लम्साल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेकै बेला तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामा पश्चात् सञ्चालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।