राजदूत सुवेदी र स्विस सरकारकी विशेष प्रतिनिधि कापेलरबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजदूत सुवेदी र स्विस सरकारकी विशेष प्रतिनिधि कापेलरबीच भेटवार्ता


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र नेपालका लागि स्विजरल्यान्डकी पूर्वराजदूत एलिजावेथ भोन कापेलरबीच मंगलबार भेटवार्ता भएको छ ।

उनीहरूबीच नेपालको शान्ति प्रक्रिया र आगामी यात्राको विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ । कापेलर अहिले स्विस सरकारकी संक्रमणकालीन न्यायसम्बन्धी विशेष प्रतिनिधि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस