संसदीय दलको बैठकमा गृहमन्त्रीले भने-‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसदीय दलको बैठकमा गृहमन्त्रीले भने-‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन् ।

सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरूले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफमा श्रेष्ठले भने, ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ ।’

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा विवाद, टेरामक्स प्रविधि खरिद प्रकरणमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले सरकारको आयुका सन्दर्भमा प्रश्न उठाएको भन्ने विषय के हो भनी उनीहरूले राखेका थिए । साथै, तारागाउँ स्थित सरकारी जग्गा विवादको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको विषयमा समेत सांसदहरूले जिज्ञासा राखेका थिए ।

कतिपयले गृहमन्त्री फेरेर गठबन्धन टिकाउन लागिएको भन्ने समेत सुनिएको भनी प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले कुनै पनि प्रकरणको नाम लिएनन् । तर, चुनाव लगत्तै माओवादी केन्द्रको नेतृत्वमा सरकार नबनाउन विभिन्न शक्ति केन्द्रहरू लागि परेको बताएका छन् ।

पार्टी र सरकारको नेतृत्वले सुझबुझका साथ आवश्यक कदम चालेको उनको भनाइ छ । उनले भनेका ‘वर्तमान परिस्थितिको आंकलन पूर्ववत हो । तथापि, विकसित परिस्थितिको ठोस मुल्यांकन गरेर नेतृत्वले सुझबुझका साथ निर्णय लिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस